किशोरीमाथि करणी गरेको आरोपमा २ युवा पक्राउ

शुक्रबार, असोज १८, २०८१

धनगढी। कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको बताए । उनका अनुसार किशोरीमाथि किशोरले भदो तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको छ। दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार