कीर्तिपुरमा भएको दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, असोज १८, २०८१

कीर्तिपुरको ल्याबाेरेटोरी सुन्दरीघाटस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बाग्मती प्रदेश ०२–०३६ प ७७४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको  छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार