१४ वटा जिल्ला संकटग्रस्त घोषणा (भिडियो)

शनिबार, असोज १९, २०८१

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ ।  शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।  उनले भने,‘ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङखुवासभा, भक्तपुर सोलुखुम्बु, दोलखा, सिन्धुलि, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ् जिल्ला बढि प्रभावित भएको देखियो । यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’ स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए । 

Ramesh-Lekhak--1728082270.jpg
Basanta-Adhakari--1728082270.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार