दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्

शनिबार, असोज १९, २०८१

काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ । अधिकांश नेपालीहरु दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरुको भनाइ छ ।
चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्ष ०८१।०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार