नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै

आइतबार, असोज २०, २०८१

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज (आइतबार) शपथ लिँदै छन् ।   आइतबार राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो १ः३० बजे सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो ।  शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार