गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम (भिडियाे)

आइतबार, असोज २०, २०८१

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिए । उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुर्नस्थापनाको लागि नगरपालिका सिंगो टिम सक्रिय छौं । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएका छौं । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गार्हो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौं ।’ उनले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढि समय चाहिने बताए । उनले भने,‘दशैंतिर लगत्तै पुननि.र्माणको काम सुरु गर्ने छौं । अर्को खानेपानीको समस्या छ । विद्युत प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाँही यो खानेपानीमा लाग्ने देखियो ।’

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार