ललितपुर महानगर २३ नं. वडाले वितरण गर्‍यो ज्येष्ठ नागरिकलाई निःशुल्क सुगर र प्रेसरको औषधि (भिडियो) 

आइतबार, असोज २०, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई सुगर र प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ ।  यो औषधि आर्थिक वर्ष २०८१–२०८२ को कार्तिक, मंसिर र पुस महिनाका लागि हो ।  वडा नं. २३ कार्यालयले आव २०८०–८१ देखि ६८ वर्ष पुगेका स्थायी बासिन्दालाई सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्न थालेको हो ।  वडा कार्यालयले सामाजिक विकास क्षेत्रको स्वास्थ्य तथा पोषण उपक्षेत्रमा आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी ज्येष्ट नागरिक स्वास्थ्य जाँच तथा औषधि वितरण शीर्षकमार्फत निःशुल्क औषधि वितरण गरेको हो ।   वडा कार्यालयले ३ महिनालाई पुग्ने गरी सुगर र प्रेसरका बिरामी १३० जना ज्येष्ठ नागरिकलाई फार्मसिस्ट विवेक तिमिल्सिनाको रोहबरमा निःशुल्क औषधि वितरण गरेको हो । निःशुल्क औषधि लिन वडा कार्यालयमा निवेदन दिएका ३० जनालाई इन्सुलिनसहितको औषधि उपलव्ध गराइएको छ । निःशुल्क औषधि लिन आएका ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै भविष्यमा पनि स्वास्थ्यका अझ धेरै कार्यक्रम ल्याउन सुझाव दिएका छन् । औषधि वितरण कार्यक्रमको सुरुवात वडाअध्यक्ष जीवन महर्जनले गर्नु भएको थियो । वडाअध्यक्ष महर्जनलाई वडासदस्य किरण खड्का, सामाजिक परिचालक सावित्रा गौतम, कार्यलय सहयोगी मनिषा महर्जनले साथ दिनु भएको थियो । त्यस क्रममा वडा कार्यालयले निःशुल्क औषधि लिन आएका ज्येष्ठ नागरिकहरूको सुगर र प्रेसर पनि जाँच गर्ने प्रबन्ध गरेको  थियो । आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज स्वरुपा श्रेष्ठसहितको टिम, स्वास्थ्य स्वयम् सेविका तथा टोल हेल्थ प्रमोटर (टिएचपी)हरूले सुगर र प्रेसरको जाँचमा सहजीकरण गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार