सुनाकोठीको भिन्तुना बहुउद्देश्यीय सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न (भिडियाे)

आइतबार, असोज २०, २०८१

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं वडा कार्यालय सुनाकोठीमा रहेको भिन्तुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । धर्म महर्जनले सञ्चालन गरेको वार्षिक साधारण सभामा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाइएको थियो । बागमती प्रदेशका पूर्व सभासद दिनेश महर्जन(दिपेश) विशिष्ठ अतिथि रहेको कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा नं. २६ का वडाअध्यक्ष सुरेश महर्जन, प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी डिबी मल्ल, मानव अधिकारको लागि महिला एकल महिला समूहकी केन्द्रीय सदस्य सविता महर्जन,  अधिवक्ता रमेश महर्जनसहितका महानुभावहरूलाई अतिथि बनाइएको थियो । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष कृष्णभक्त महर्जनले आ.व. २०८०–०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१–०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साधारण सभामा सञ्चालक समितिका कोषाध्यक्ष कृष्णकुमार महर्जनले आर्थिक वर्ष ०८०–०८१ को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी ५ करोड ४२ लाख १६ हजार ९ सय रुपैयाँ रहेको जानकारी दिए । आर्थिक प्रतिवेदन अनुसार संस्थाको कुल सम्पत्ति रकम २९ करोड ८४ लाख ७४ हजार ३०४ रुपैयाँ रहेको छ ।   

vintuna-1728220747.jpg
निक्षेप संकलन १८ करोड ३६ लाख १२ हजार ७०३ रुपैँया, कर्जा लगानी २६ करोड ४ लाख ८७ हजार ३५८ रुपैयाँ गरिएको छ ।  संस्थाले सेयर सदस्यहरुका सुविधाका लागि आगामी वर्षदेखि मोबाइल बैंकिङ एसएमएस सिस्टमद्धारा सेवा लिन सकिने गरी सुविधा थप गर्ने योजना बनाएको छ ।  संस्थाले सेयर सदस्य तथा स्थानीयवासीलाई भविष्यमा आइपर्ने मानवीय तथा दैवी प्रकोपबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्नका लागि आईएमइको इ–बिमा संग सहकार्य गरी आइजिआई प्रुडेन्सियल लिमा बीमा हुने गरी यसैसंस्थाबा बिमा लेख जारी गर्ने योजना बनाएको छ । वार्षिक साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक दिपराज महर्जनले समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए । यसअघि १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमकमा प्रमुख अतिथि पूर्वउपप्रधानन्त्री नारायणकाजी श्रेष्ठले केही ठग मनोवृत्ति भएका सञ्चालकहरूका कारण सहकारी क्षेत्रमा पछिल्लो समयमा केही समस्य आएको देखिएपनि भिन्तुना जस्ता सहकारीले आफ्नो विश्वासिलो छवि कायम राखेको भन्दै प्रशंसा गरे । नेपालको अर्थतन्त्र तीन खम्बे अर्थ नीति अनुरुप चलिरहेको भन्दै सहकारीले देशको अर्थतन्त्रमा ठूलो योगदा दिएको स्मरण गरे । वार्षिक साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष एवम् ललितपुर महानगरपालिका २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले भिन्तुनाको स्थापनाकालदेखि हालसम्मका उपलब्धिहरूलाई संक्षेपमा प्रस्तुत गर्दै संस्थामा नेतृत्व परिवर्तनले खाषै फरक नपर्ने बताए ।  कार्यक्रममा प्रहरी वृत्त चापागाउँका डिएसपी डिबी मल्लले सहकारी क्षेत्रमा समस्या आएपरेको भएपनि भिन्तुनाले सफलता प्राप्त गरिएको प्रतिवेदनले देखाएको भन्दै सञ्चालक समितिका पदाधिकारीलाई बधाई दिएका छन् ।  वार्षिक साधारण सभामा मानव अधिकारको लागि महिला एकल महिला समूहकी केन्द्रीय सदस्य सविता महर्जन सहकारीलाई कृषि क्षेत्रमा पनि लगानी गर्न आह्वान गरिन् ।  अधिवक्ता रमेश महर्जन, लेखा परीक्षक राम गोपाल महर्जन तथा सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले पनि संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।  बार्षिक साधारण सभाकै अवसरमा भिन्तुनाले सुनाकोठीमा रहेको विभिन्न भजनखलहरूलाई बाद्यवाधनका सामग्री मर्मतका लागि प्रति खल २५०० रुपैयाँ मर्मत खर्च उपलव्ध गराइएको थियो । भिन्तुनाले वार्षिक साधारण सभामा उपस्थित प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरूका कलात्मक झयाल मायाको चिनोको रुपमा उपहार दिएको थियो ।

  vintuna-1728220747.jpg
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार