हरियो तरकारीको मूल्य बढ्यो, फलफूल पनि उस्तै 

सोमबार, असोज २१, २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँ पुगेको छ ।  त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ ।  रायोको साग प्रतिकेजी १४० रुपैयाँ, बरेला १३० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सान्ी ४३० रुपैयाँ, भेडे खुर्सानी ३५० रुपैयाँ, हरियो लसुन ३५० रुपैयाँ फूजी स्याउ ३००, केरा १४० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार