राष्ट्रपति समक्ष थारु आयोगको प्रतिवेदन पेश

सोमबार, असोज २१, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोगले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष   विष्णुप्रसाद चौधरीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम रहेको बताए । थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौं देखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उनको भनाइ थियो । ‘आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ’उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार