सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन नहुने

मंगलबार, असोज २२, २०८१

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नहुने भएको छ। उच्च अदालतकै फैसलाप्रति चित्त बुझेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्चले सन्दीपलाई सफाइ दिएको थियो। उच्च अदालतले फैसलामा लिएका आधार र पीडितको निवेदनलाई आधार मानेर पुनरावेदनमा नजाने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । ‘पीडितको उमेर पुगेको, होटेलमा दुवैजना सँगै गएको र सँगै निस्किएकोलगायत उच्च अदालतले फैसलामा लिएका आधार चित्तबुझ्ने नै देखिएको र त्यसको अतिरिक्त पीडितले पनि थप कारबाही अघि नबढाउनू भनेर दिएको निवेदनका आधारमा पुनरावेदन नगर्ने  निर्णय भएको हो,’ उनले भने । पीडितले सो मुद्दा सर्वोच्चमा पुनरावेदन नगर्न भन्दै विशेष सरकारी वकिल कार्यालयमा निवेदन दिएकी थिइन्। उच्च अदालतले गत २ जेठमा सो मुद्दामा फैसला सुनाउँदै सन्दीपलाई सफाइ दिएको थियो। जिल्ला अदालतले भने उनलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार