चौथो अभ्यास खेलमा पनि क्यानडा एचपीविरुद्ध नेपालको जित 

बुधबार, असोज २३, २०८१

काठमाडौं । क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ ।  मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो 
नेपालका  क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।  
नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ ।  अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्नेछ ।
त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको  छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।  

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार