आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

बुधबार, असोज २३, २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ ।  त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला १० रुपैयाँले घटेर ४० रुपैयाँ पुगेको छ । गोलभेडा ठूलो १३०,लोकल गोलभेडा सानो ८० रुपैयाँ रहेको छ । 
रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १३० रुपैयाँ, बरेला २० रुपैैयाँले घटेर  १२० रुपैयाँ, कन्य च्याउ २० रुपैयाँले घटेर १५० रुपैयाँ, ब्रोकाउली १० रुपैयाँले घटेर १५० रुपैयाँ रहेको छ । आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १० रुपैयाँले घटेर १२० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ पनि ४० रुपैयाँले घट्दै  २६० रुपैयाँ कायम भएको छ  केराको मूल्य भने १० रुपैयाँले बढ्दै १५० पुगेको छ । अनारको मूल्य ह्वात्तै बढेको छ । हिजो ३३० रुपैयाँ तोकिएकोमा आज ३८० रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार