एक सातामा ७६ करोड पर्यटकले गरे चीनको भ्रमण 

बुधबार, असोज २३, २०८१

एजेन्सी । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् ।  चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्राप्तमा भ्रमण गरेका छन् । साताब्यापी भ्रमण गर्नेहरु अधिकांश आन्तरिक पर्यटक हुन् । गत वर्षको तुलनामा सोही अवधीमा यसबर्ष ५.९ आन्तरिक पर्यटकको संख्यामा प्रतिशतले वृद्धि भएको छ । जसका कारण राजश्व एवम राष्ट्रिय आम्दानी बढेको देखिन्छ ।  आन्तरिक पर्यटकहरुको भ्रमणले कुल सात अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेका छन् ।–सीसीटिभी

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार