नेपाली र अमेरिकी समलिंगी पुरुषबीच पहिलो पटक भयो विवाह दर्ता

बुधबार, असोज २३, २०८१

काठमाडौं ।  नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ । विवाह प्रमाणपत्रमा दुवैजना पति उल्लेख गरिएको छ । जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन् ।  मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिंगी÷तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिए । स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत गरेका पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन् । १२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन् । माया गुरुङ्ग र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए । १३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए ।

Marrige-certificate-1728457374.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार