सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए । असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो । उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसला यथावत रहनेछ । सन्दीप विरूद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला उच्च अदालत पाटनले गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना, ५ लाख क्षतिपूर्ति तिराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतको सो निर्णय विरूद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए । गौशला–२६ लाई बलात्कार गरेको अभियोगमा सन्दीप विरूद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीप हाल राष्ट्रिय टोलीका साथ क्यानडामा छन् ।