भारतबाट फर्किए मन्त्री पौडेल

बुधबार, असोज २३, २०८१

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल भारतबाट स्वदेश फर्किएका छन् । विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि भारत गएका उनी वुधबार अपराह्न स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतका शीर्ष नेता र अन्य देशका समकक्षीहरुको भेट फलदायी भएको उनले बताए । भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा,  भारतीय जनता पार्टीका नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालगायतको भेटले नेपाल र भारतबीचको स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्न सहज भएको प्रतिक्रिया दिए ।  उनले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्ध र विविध आयामबारे विचारविमर्श गरेको उनले बताए । मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएको बताए । मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता रहेको सुनाए । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्यमन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्यराष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्नेमा आवाज उठाएको बताए । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार