मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

बिहीबार, असोज २४, २०८१

एजेन्सी । चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ । चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ । २३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरुलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरु कैद भएका थिए । चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ ।(सीसीटीभी प्लस/एनएनबी)

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार