कात्तिक ६ गतेदेखि सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिरमा महायज्ञ

महायज्ञको तयारी तीब्र गतिमा 
बिहीबार, असोज २४, २०८१

ललितपुर । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिरको पुनर्निर्माण सहित भृङ्गारेश्वर धाम निर्माण गर्न आउँदो कात्तिक ६ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ  ।  महायज्ञका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्री ृभृङ्गारेश्वर महादेव सुधार तथा बृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जन महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको बताउनु भयो ।  भागवत वाचक वाचन प्रवीण पण्डित दीनबन्दु पोखरेलले यो महायज्ञ  सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण  अभियान भएको बताउनुभयो ।  उहाँले नेपालको पहिचान सिमा मात्रै नभएको बताउँदै दर्शन, स्वदर्शन, स्वविचार र ऐतिहासिक पृष्ठभूमि भएको प्रष्ट पार्नुभयो । ललितपुर क्षेत्र नम्बर ३ की संघीय सांसद डा. तोसिमा कार्कीले जीवनको पुस्तक भागवत गीता भएको बताउनुभयो । अध्यात्मिक चिन्तनले मन र र वचनलाई शुद्ध बनाउने बताउँदै राजनीतिकर्मीले यो चिन्तन गर्नुपर्ने बताउनुभयो । 
ललितपुरको पहिचान संस्कृति र सम्पदा भएको बताउँदै यसको जगेर्नाको लागि आफू सधैं सक्रिय रहेने प्रतिबद्धता जनाउनुभयो ।  ललितपुर महानगर वडा नंं.२६का अध्यक्ष सुरेश महर्जनले भृङ्गारेश्वर महादेव मन्दिर पुनर्निर्माणसहित धाम निर्माणका लागि ललितपुर महानगरले बजेट विनियोजन गरेको बताउनुभयो । ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षणका लागि वडा सक्रिय रहेको प्रष्ट पार्नुभयो । 
सम्मेलनमा ललितपुर महानगर वडा न.२७का अध्यक्ष कृष्णहरि महर्जनमा लगायतको उपस्थिति थियो ।  कात्तिक १३ गतेसम्म हुने महायज्ञको आयोजना भृङ्गारेश्वर महादेव मन्दिर सुधार तथा बृद्ध सेवा समितिले आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार