सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कीर्तिपुर नगरपालिका–२ घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा रहेको जग्गामा एमालेको पार्टी केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । भवन निर्माणका लागि आज शुक्रबार शिलान्याससमेत भएको छ । कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गरे । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्न निर्णय लिएको हो । हिजो बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भवन निर्माण गर्ने निर्णय गरेको हो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाको भवनमा बस्दै आएकोमा अब स्थायी भवन निर्माणको तयारीमा पार्टी पुगेको जानकारी दिए । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो । एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो । २०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको थियो । त्यहाँ पनि बाढी र डुबानले दःख दिएपछि नयाँ विकल्प खोजिएको छ । एमालेका आठ लाख बढी पार्टी सदस्यहरु छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पनि उठाइएको थियो । गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।