दशैंको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस सञ्चालन 

शुक्रबार, असोज २५, २०८१

काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ । प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हो । प्रहरीले हरेक वर्षको दशैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार