मन्त्री पाण्डेले नेपाललाई ‘रिटायर्ड टुरिज्म’को गन्तब्य बनाउन सक्नुपर्छ : लाक्पाफुटी शेर्पा 

शुक्रबार, असोज २५, २०८१

काठमाडौं । पर्यटन व्यवसायी एवम पर्वतारोही लाक्पाफुटी शेर्पाले नेपालमा ‘रिटायर्ड टुरिज्म’ संभावना रहेकाले सरकारले त्यसको अवधारणा अघि सार्नुपर्ने सुझाव दिएकी छिन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विदेशीहरू आफ्नो अवकाश जीवन नयाँ नयाँ घुमेर विताउन चाहने भएकाले नेपालले ‘रिटायर्ड टुरिज्म’को अवधारणा बनाएर प्रवद्र्धन गर्नुपर्ने सुझाव दिएकी हुन् ।  ‘यतिबेला राइट ठाउँमा राइट मिनिस्ट्री हुनुहुन्छ । मन्त्री बद्री पाण्डेको सुरुवाती नै राम्रो देखिएको छ । जस्तो पर्यटन बोर्डको सिइयो नियुक्तिदेखि आर्थिक प्रलोभनमा उहाँ पर्नुहुन्छ जस्तो लाग्दैन । त्यसैले उहाँलाई मेरो सुझाव के छ भने नेपालमा थप दशवटा जहाज किन्नुपर्छ । साथै विदेशी नागरिकले आफ्नो देशमा ६५ बर्षसम्म काम गर्छन । त्यसपछि घुम्न चाहन्छन् । उनीहरुलाई नेपाल घुम्न र बस्नका लागि फ्रि भिसाको अवधारणा ल्याएर वा कुनै सहुलियत दिलाएर नेपाल भित्र्याउन सक्नुपर्छ,’ उनले भनिन,‘मन्त्री पाण्डेकै कार्यकालमा रिटायर्ड टुरिज्म सुरु होस । उनीहरु अपार्टमेन्ट वा लक्जरी होटलमा बस्न रुचाउँछन र खर्च गर्न चाहन्छन् । अवकास जीवन विताइरहेकाहरु परिवारनै नेपाल घुम्न आउने वातावरण बनाउनुपर्छ ।’
हुनत काम गर्नेहरुलाई नेपालको सिस्टमले अवरोध खडा गर्ने उल्लेख गर्दै उनले १० वटा जहाज खरिद गर्न र रिटायर्ड टुरिज्म विकास गर्न ढिला गर्न नहुने बताइन । प्राकृतिक र वातावरणीय दृष्टिकोणले बस्नका लागि नेपाल उपयुक्त गन्तब्य भएकाले एउटा निश्चित मापदण्ड बनाएर रिटायर्ड पर्यटक नेपाल ल्याउनुपर्ने बताइन ।  उनले पर्यटन क्षेत्रमा सरकारले लगाइरहेको केही अनावश्यक कर हटाउन पनि माग गरिन । नेपाल कृषी पर्यटनका लागि उपयुक्त भएकाले विश्वका विभिन्न देशमा कृषिजन्य बस्तुहरु निर्यात गर्न सकिने भएकाले एग्रो टुरिज्मको विकासमा लाग्नुपर्ने बताइन । नेपालमा इमान्दार र विधिपूर्वक व्यवसाय गरिरहेकाहरुलाई माफिया भनेर आरोप लगाउने गरेको भन्दै माफिया शब्दप्रति आपत्ति जनाइन । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार