सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण नभएको बताएका छन् । बडादशैंको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दसैँको ठिक मुखमा आएको भीषण बाढी र पहिरोका कारण हाम्रा दुई सयभन्दा बढी दिदीबहिनी, दाजुभाइ, निर्दोष बालबालिका, अशक्त, ज्येष्ठ नागरिकले जीवन गुमाउनुपरेको, धेरै जनधनको क्षति भएको भौतिक पूर्वाधार, पुलहरू, बाटाहरू ध्वस्त भएको, खानेपानी ध्वस्त भएको धेरैलाई घरबार विहीन बनाएको, परिवारका सदस्यहरु बाढी पहिरोले चुडेर लगेको भन्नुहुँदै यस विपद्को घडीमा त्यति उल्लासमय ढंगले दशैँ बनाउन नसकिरहेको बताएका छन् । उनले दशैँ जति मनाउने गर्थ्यौ, मनाउन चाहिरहेका थियौँ त्यस्तो अवस्था नभएको भन्दै हाम्रा दिदीबहिनी दाजुभाइ पनि रमाउन नसकिरहेको अवस्थामा आफू पनि दशैँ मनाउन नसकिरहेको बताए । उनले यस बर्ष परिवारका सदस्यहरूसँग बाहेक यसपटक दसैँको टीका लगाउने कार्यक्रम नराखिएको बताए ।