नव दृष्टि आँखा अस्पतालद्वारा करिब १४ हजार जनाको नि : शुल्क आँखा परीक्षण 

आइतबार, असोज २७, २०८१

इटहरी । इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले एक वर्षको अवधिमा करिब १४ हजार बिरामीको निःशुल्क आँखा परीक्षण गरेको छ ।  नवदृष्टिले स्थापनाकाल देखि नै तराईका सुगम जिल्लादेखि पूर्वी पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा निःशुल्क आँखा शिविर गर्दे आएको छ । एक वर्षको अवधिमा कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटासहित मधेस प्रदेशको सप्तरीमासमेत शिविरको आयोजना गरेको अस्पतालको दाबी छ । सो शिविरहरूमा १३ हजार ५ सय ४१ जना बिरामीको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । अस्पतालले एक वर्षको अवधिमा एक सय ६३ वटा शिविरको आयोजना गरेको अस्पतालका अध्यक्ष डा। विजय गौतमले बताए । शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क अप्रेसनसमेत गरिएको उनले बताए । यस्तै, अस्पतालले एक वर्षको अवधिमा कोशी प्रदेशका ५० वटा विद्यालयमासमेत निःशुल्क आँखा परीक्षण गरेको गौतमको भनाइ छ । खासगरी विद्यालयहरूमा धेरैजसो आँखा परीक्षण गरेको उनले बताए । विद्यालयमा १३ हजार एक सय १२ जना विद्यार्थीहरूको आँखा परीक्षण गरेको अध्यक्ष गौतमले जनाए । विद्यालयमा गरिएको परीक्षणमा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएका कारण उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए । अस्पतालले विभिन्न स्थानमा पुगेर निःशुल्क शिविर गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार