कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुन:स्थापना

आइतबार, असोज २७, २०८१

काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ । दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो । गत शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । हरेक वर्ष विजया दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार