दशैंको टीका लगाउनेक्रम जारी, बजार तथा सडकमा चहलपहल बढ्यो

मंगलबार, असोज २९, २०८१

काठमाडौं । विजया दशमीको चौथो दिन आज(मंगलबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम सडकमा चहलपहल पनि बढेको छ । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिड्नेहरूको चहलपहल सडकमा वाक्लै देखिन थालेको छ । सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश वढेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ ।  विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार