बीपी राजमार्गको सुख्खा पहिरो पन्छ्याइयो, रातिको समयमा गाडी नचलाउन सडक कार्यालयको अपिल 

मंगलबार, असोज २९, २०८१

काठमाडौं । सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बीपी राजमार्गमा सोमबारसाँझदेखि रुट अनुमति लिएका गाडीहरू चल्न अनमति दिइएको छ । असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरु चल्न दिइएको हो । चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार