कीर्तिमानी पर्वतारोही टोली काठमाडौं फर्कियो, विमानस्थलमा भब्य स्वागत

मंगलबार, असोज २९, २०८१

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । ३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।  सोमबार काठमाडौं फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरुले स्वागत गरेका हुन् । 

Photo-(26)-(1)-1728950289.jpg
Photo-(22)-(2)-1728950291.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार