सुनसान छ दशैं विदापछिको सिंहदरबार

मंगलबार, असोज २९, २०८१

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानलगायतका कार्यालयहरू खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ । नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरू भेटिए । सिंहदरबार भित्रका सडकहरूमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरू हुइँकिए पनि कर्मचारीहरूको उपस्थिति न्यून थियो ।  

Photo-(14)-1728983244.jpg
फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुले पनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो । मानिसहरूको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरू काठमाडौं आइनपुगेकाले मन्त्रालयहरू सुनसान रहेको कर्मचारीहरूले बताए ।   तर दशैँमा गाउँ गएकाहरू फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवतजावतका लागि सडकहरू असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरू पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।

Photo-(3)-1728983239.jpg
Photo-(1)-1728983238.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार