काठमाडौं महानगरमा जग्गाको मूल्याङ्कन साविककै दररेटमा

मंगलबार, असोज २९, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।’
आर्थिक ऐन, २०८१ बमोजिम साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर तिर्ने करदाताको हकमा, सङ्कलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटीबढी भएको रकम आगामी ५ वर्ष भित्र क्रमशः समायोजन गर्ने, परिपत्रमा उल्लेख गरिएको छ ।  महानगरपालिकाका वडा कार्यालयहरूले आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) घ अनुसार आफ्नो भौगोलिक क्षेत्र भित्रका घरजग्गामा सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रतिआना मूल्यलाई आधार मानेर कर संकलन गरिरहेका थिए । यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरूमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाताको गुनासो आएपछि राजस्व समितिको सिफारिश र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दररेटमा संकलन गर्ने निर्णय भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार