ललितपुर महानगर २४ नं. वडाले वितरण गर्‍यो ज्येष्ठ नागरिक सम्मान भत्ता (भिडियो)

मंगलबार, असोज २९, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले वडामा स्थायी बसोबास भएका ७६ वर्ष नाघेका वडावासीलाई ज्येष्ठ नागरिक सम्मान भत्ता वितरण गरेको छ । दशैं बिदा सुरु हुनु अघिल्लो दिन वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान भत्ता वितरण गरेको हो । कार्यवाहक वडाअध्यक्ष हरिकृष्ण महर्जनले ज्येष्ठ नागरिक सम्मान भत्ता वितरण गरी कार्यक्रमको सुरुवात गर्नु भएको हो । उहाँलाई वडा सदस्य निशा मालबुल तथा उद्धब बस्नेतसहित वडा कार्यालयका कर्मचारीले साथ दिएका थिए । ललितपुर महानगरपालिकाले नगरभित्र बसोबास गर्ने ७६ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वर्षेनी १० हजार रुपैयाँ सम्मान भत्ताको रुपमा वितरण गर्दै आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नगरका जनप्रतिनिधिले ज्येष्ठ नागरिकलाई ५ हजार रुपैयाँ ज्येष्ठ नागरिक सम्मान भत्ता वितरण गर्न सुरुवात गरेकोमा अघिल्लो आर्थिक वर्षदेखि  ५ हजार थप गर्दै १० हजार रुपैयाँ सम्मान भत्ता दिन थालिएको हो । वडा कार्यालयले वडाका ९७ जना ज्येष्ठ नागरिकलाई सम्मान भत्ता वितरण गरेको वडासदस्य हरिकृष्ण महर्जनले जानकारी दिनुभयो ।
सम्मान भत्ता बुझ्न ज्येष्ठ नागरिक स्वयम् नै वडा कार्यालय आउनु पर्ने भन्दै सूचना निकालिएको थियो । बिरामी तथा अशक्त ज्येष्ठ नागरिकलाई भने घरमै गएर उक्त भत्ता वितरण गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार