साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

मंगलबार, असोज २९, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७ (विहीबार) देखि ३०सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिकाअनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो । 
प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टीमले सहभागिता जनाउँदैछन् । सहभागी टोलीहरू मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन् भनेभारत र भुटान बुधबार बिहानसम्म काठमाडौ आइपुग्ने जानकारी गराइएको छ । प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।  प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटलअधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ ।  प्रतियोगिताका सम्पूर्ण खेलहरू कान्तिपुर म्याक्स एच्डीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकटकको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलाई प्रदान गरिएको छ ।  प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीनसय रुपैयाँ र भीआइपीतर्फ पाँचसय रुपैयाँ तोकिएको छ । नकआउट चरणका खेलहरूको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैयाँ, भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको छ । प्रतियोगितामा १० बर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने छ । प्रतियोगिता अवधिभर दर्शकहरूको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्थापनि गरिएको छ । यसका लागि शिवांश फुड एण्ड बेभरेज प्रालिसँग सम्झौता गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार