पशुपति विकास कोषको दाबी, ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

मंगलबार, असोज २९, २०८१

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ ।  मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र  प्रमाण नभएको कोषले स्पष्ट पारेको हो ।  मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि कोषले कोषले यसबारेमा आम जनसमुदायमा यथार्थ जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको हो । नौ रोपनीभन्दा बढी जग्गामा सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरूले पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्ति केन्द्रमा धाएर मोहीकायम हुन नसक्ने दाबी समेत गरेका छन् ।  काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्रै कोष र समितिबीचको गौशाला धर्मशाला सञ्चानसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।  पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दाबी नपुग्ने फैसला गरेको थियो । तर, उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन् । मारवाडीसँग भएको सम्झौता रद्द भएपछि  महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार