विदेशिने नेपाली बढेसँगै भदौ महिनामै भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स

बुधबार, असोज ३०, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।  राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको छ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार