शेयर बजार : ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

बुधबार, असोज ३०, २०८१

काठमाडौं । दशैं बिदापछि खुलेको शेयर बजारमा मंगलबार नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको छ । दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ। जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् ।  यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् । मध्य सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्यु्त कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार