सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हिजो मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५० रुपैयाँ, दोस्रो वर्गमा एक सय ५८ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८.५० रुपैयाँ, दोस्रो वर्गमा एक सय ५० रुपैयाँ र तेस्रो वर्गमा एक सय ५१ रुपैयाँ कामय भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।