अर्थतन्त्र सुधारोन्मुख, मूल्य वृद्धि निरन्तर घट्दो (पूर्णपाठसहित)

बुधबार, असोज ३०, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । मूल्य वृद्धि निरन्तर घटेको छ भने रेमिट्यान्स बढ्दा विदेशी विनिमय सञ्चिति पनि पर्याप्त रहेको छ ।  राष्ट्र बैंकका अनुसार यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ ।  त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५।२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ । नेपाल सरकारको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एब खर्ब ६६ अर्ब ३९ करोड रहेको छ ।  भदौ मसान्तसम्म आइपुग्दा विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ  । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार