यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन 

बुधबार, असोज ३०, २०८१

काठमाडौं । यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।  सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि बडादशैँ समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउन सुरु भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार