महिला टि–२० विश्वकपको सेमिफाइनलमा वेस्ट इन्डिज 

बुधबार, असोज ३०, २०८१

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।  प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । वेस्ट इन्डिजले १८ ओभरमा चार विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । यो जितपछि अब वेस्ट इन्डिजसँगै समूह ’बी’ बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ । इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार