मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

बुधबार, असोज ३०, २०८१

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए । उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई सवल बनाउन सक्छौ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छौ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’ यसको साथै, उनले आज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताए । उनले भने, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरुलाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्ने छ । यसको साथै पर्यटकहरुले पनि नेपाललाई एउटै पुस्तकभित्र देख्न र बुझ्न सक्न छ । सांस्कृतिक पर्यटनलाई पनि यसले बढावा दिने काम गरेको छ । पर्यटन प्रवद्र्धन मात्र होईन व्यापार र निकासी प्रवद्र्धनको दिशामा नेपालको कला, कृति र नेपालसँग भएको हस्तकलासँग सम्बन्धीत विशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवद्र्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’ 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार