बिहीबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेरर तोलामा १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार  भैइरहेको  छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार