महोत्तरीमा स्रोत नखुलेको ८ लाख रकमसहित एकजना पक्राउ

बिहीबार, कात्तिक १, २०८१

जनकपुरधाम । महोत्तरीमा स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह छन् । बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । उनका अनुसार बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शंकाका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद भएको हो । पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार