बडा दशैंको विसर्जन गरियो

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ ।  गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ ।  नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ ।  माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ । यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।  कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैं विसर्जन गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार