दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं । दक्षिण अफ्रिका लगातार महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरको दोस्रो बलमा पूरा गर्‍यो ।  कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । उमन अफ द म्याच घोषित बोस्कले अविजित रहँदै ४८ बलमा ७४ रन जोडिन् । 

Photo-(3)-1729215469.jpg
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडिन् ।  कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाका कारिजेन काप तथा आयाकबोङवा खाकाले ४ ओभरमा २४ रन मात्र खर्चिए । खाकाले २ तथा कापले १ विकेट लिए । दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको विजेतासँग खेल्ने छ । 

Photo-(1)-1729215469.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार