टि ट्वान्टीमा अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार ग¥यो । 
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । पाँचौ विकेटका लागि कप्तान पौडेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर ६६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ऐरी सौरभ नेत्राभाल्करको बलमा आरोन जोन्सबाट समातिए । ऐरीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।

Rohit-1729216528.jpg

नेपालको पहिलो विकेटका रुपमा ओपनर अनिलकुमार शाह आउट भएका थिए । ओपनर शाह अमेरिकाका तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ४८ रन जोडेका थिए । खानको बलमा शाह एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए । अर्का ओपनर आसिफ बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।

asif-1729216526.jpg
तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए । कुशललाई अमेरिकाका बाँया हाते स्पिन बलर नोस्तुश केन्जिगेले आउट गराएका थिए । केन्जिगेको बलमा कुशल बोल्ड आउट भएका थिए । कुशल १३ बलमा १० रन बनाउँदै एघारौं ओभरको पहिलो बलमा आउट भएका थिए ।
त्यसपछि गुलशन झा ७ बलमा ११ रन बनाउँदै हर्मित सिंहको बलमा बोल्ड आउट भए । नेपालले पछिल्लो ८ बलमा ५ विकेट गुमाएको थियो । अमेरिकाका लागि जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए ।

usa-1729216526.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार