साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुने भएको छ ।  दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि सुरु हुने छ । 
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।  यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार