नेपालमै फल्ने अर्गानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

शुक्रबार, कात्तिक २, २०८१
मयुर प्लाई

काठमाडौं । उत्पादन महाअभियान नेपालले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।  शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यवसायिक स्याउ उत्पादन हुन थालेको भएपनि बाटो अभावका कारण उक्त स्याउ बजारमा आउन नसकेको बताएको हो ।  उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डित (तुफान) ले पत्रकार सम्मेलनमा बोल्दै किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरुलाई पलायन हुनबाट रोक्नको लागि राज्यका सबै निकायको ध्यानाकर्षण गराए । 
उनले भने, ‘नेपालको विभिन्न ठाउँमा फलेका रसिलो, स्वास्थ्य, पोसिलो र विषादीरहित स्याउ अहिले बारीमै कुहिने अवस्थामा पुगेको छ । यता बजारमा हामीले अरबौको विषाधियुक्त स्याउ विदेशबाट आयात गरेर खाइरहेका छौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउ फलिरहेको छ । यो क्षेत्र स्थानीय नेपाली स्याउ फल्ने बिशेष क्षेत्र हो । तीन बर्षयता यहाँ व्यवसायिक स्याउ उत्पादन हुन थालेको छ । बाटो अभावको कारण उक्त स्याउ बजारमा आउन सकेको छैन । यसतर्फ राज्यका सम्पूर्ण निकायहरूका ध्यानाकर्षण गराउँदै आएका छौं । यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । त्यसैले किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरुलाई पलायन हुनबाट रोक्नको लागि हामीले राज्यको ध्यानाकर्षण सशक्त रुपमा गराउन चाहन्छौं ।’

RameSh--Pandit---Tuphan--1729251627.jpg
उनले दुई हजार पाँच सय देखि तीन हजार मिटर उचाईको हिमाली क्षेत्रमा किसानहरुले उत्पादन गरेको स्याउलाई बजारसम्म ल्याउने विषयमा गम्भिर छलफल गर्न आवश्यक रहेको बताए ।  महाअभियानको पहलमा हेलिकप्टरबाट ४ सय ५० किलो स्याउ बजार पुर्याउँदा प्रति किलोग्राम ६ सय ६६ रुपैयाँ पर्न गएको उल्लेख गर्दै उनले सरकारले बाटोघाटो निर्माणमा समेत तादरुकता देखाउन जरुरी रहेको बताए ।  ‘२५ सय देखि ३ हजार मिटरको हिमाली क्षेत्रमा किसानहरूले उत्पादन गरेको स्याउलाई कसरी बजारसम्म ल्याउन सकिन्छ भन्ने बिषयमा गहन छलफल र पहल गर्न आवश्यक छ । त्यस क्षेत्रमा रहेका किसान, उद्यमीहरुको संरक्षण  गर्ने र हौसला प्रदान गर्न पर्नेछ । उक्त स्याउलाई त्यहाँको स्थानीय स्रोत साधन, मान्छे, खच्चड, फोर व्हील गाडीहरु हुँदै ठूलो ट्रक जाने ठाउँसम्म ल्याउनको लागि प्रति केजी ५० रुपैयाँ जति ढुवानी लाग्ने देखिएको छ । त्यसै गरी लोड अनलोड, प्याकिङ, बजारिकण गरी रु १०० प्रति केजि खर्च लाग्ने देखिन्छ । गत असोज २५ गते हामीले महाअभियानको पहलमा हेलिकप्टरबाट ४५० किलो स्याउ ल्याउँदा प्रति केजी ६६६ रुपैयाँ पर्न आएको छ । यसरी हेलिकप्टर मार्फतबाट ल्याउँदा ठूलो धनराशि खर्च गरेर बजारसम्म पु¥याउन सक्ने गरी किसानको हैसियत बनिसकेको छैन । यसका लागि बाटो र सडक निर्माणमा समेत सरकारले ध्यान दिन जरुरी रहेको छ ।’ उनको भनाइ छ । 

Surya-Prasad--Lammsal--1729251626.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार