प्रधानमन्त्री ओलीलाई रविको प्रश्न, ‘तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?’

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् ।  आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गरेका छन् ।
उनले  सामाजिक सञ्जाल फेसबुकमा लेखेकान छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?, तपाईं  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?’
साथै  उनले प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने मैले ठगीको आरोप खेपी दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् । यस्तै उनले  अहिलेलाई, सरकार मरेर आफूलाई जुठो परे पनि न्यायलयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा रहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार