डेगीको संक्रमण नफैलियोस् भन्दै सावधानी अपनाउन ललितपुर महानगरको आह्वान 

प्रयोग गरेका चिया कप र फुटेका गमला जथाभावी फ्याँक्न निषेध 
शुक्रबार, कात्तिक २, २०८१

ललितपुर । ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आह्वान गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारी, गैरसरकारी संस्था, नीजि कार्यालयहरु, शिक्षण संस्था, वैदेशिक कुटनीतिक निकाय  , नागरिक समाजलाई आव्हान गरेका हुन् ।  महानगरले प्रयोग भइसकेका प्लाष्टिकका कप , फुटेका गमलाहरु जथाभावी फ्याँक्न समेत निषेध गरेको छ । विज्ञप्तिमा भनिएको छ —स्थलगत निरीक्षण गर्दा पेय पदार्थ सेवन गरी जथाभावी फ्याँकिएका प्लाष्टिका कपहरु, फुटेका गमलाहरु भेटिएका छन्, जसमा जसमा लामखुट्टेको वृद्धिविकास हुने हुँदा प्रयोग गरिएका ती समागीको जथाभावी फ्याँक्न महानगरले निषेध गरेको छ । महानगरकाे विज्ञप्तिमा भनिएको छ,  ‘घर वरपर कम्पाउण्ड भित्र पानी जन्म नदिन  टायर ट्युब लगायतका प्लाष्टिका भाँडाहरुमा जथाभावी नफालौँ , महानगरले साताको कम्तीमा एकपटक आफ्नो घर कम्पाउण्डमा लामखुट्र्टको लार्भा खोज र नष्ट गर अभियान संचालन गर्न समेत आग्रह गरेको छ । सिसी, बाल्टिन , प्लाष्टिक र टिनका बट्टालाई पानी नजम्ने गरी व्यवस्थापन गर्न समेत भनेको छ । गमला, गमलाको प्लेटमा भएको पानी हप्तै पिच्छे सफा गर्न महानगरले विज्ञप्तिमा उल्लेख गरेको  छ । 

महानगर-1729253953.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार