राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्न  सकिँदैन  ः अध्यक्ष दाहाल

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा आर्थिक विकासको निम्ति प्रकृतिको असिमित स्रोत साधन भएर पनि प्रगति हुन नसकेको बताएका छन् ।  हिन्दु आर्थिक फोरम, नेपाल बिजनेस मिट २०२४ प्यानल डिस्कसनलाई शुक्रबार सम्बोधन गर्दै उनले जग जमिन, जडिबुटि, मिहेनति जनशक्ति हुँदा पनि विकासको गति नेपालले लिन नसकेको बताएका हुन् ।   उनले भने, ‘नेपालमा आर्थिक विकासका निम्ति प्रकृतिले दिएको स्रोत साधन असिमित छ । जल जमिन, जडिबुटि, मिहेनति जनशक्ति पनि निकै धेरै छ, यो  सबै प्रकृतिले  दिएको र  इतिहासले दिएको हाम्रो  विराशत जस्तो छ । त्यो विराशतले  दिएको  कुराहरूलाई समेटेर हामीले नेपाललाई विकासको  गतितर्फ लग्नुपर्ने हो तर त्यो हुन सकिरहेको  छैन ।’

Photo-(8)-(1)-1729254428.jpg
साथै, उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताए । उनले पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ । उनले भने, ‘हामीसँग साधन, स्रोतको कमी भएर पनि होईन । अध्ययनशील जनशक्तिको कमी भएर पनि होईन । बिजनेश अनुभव भएकाहरुको कमी भएर पनि होईन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेका छैनौं भन्दा चाहीँ ओभर पोलिटीसाइजेशन नै, राजनीतिक अस्थिरता नै यसको केन्द्रमा आउँछ भनेर हामीले भन्न हिचकिचाउन हुँदैन ।’

Swami-Vigyananand-1-1729254426.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार